हेमजा लायन्स र लियोको संयुक्त आयोजनामा गौरी शंकर मावि हेमजामा वृक्षारोपण

पाेखरा | साउन ११, २०८२

हेमजा लायन्स र लियोको संयुक्त आयोजनामा गौरी शंकर मावि हेमजामा वृक्षारोपण

पोखरा:   पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । 


लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले  संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो ।  


प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताए । 


तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गरे । 


लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले  फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने  चराचुरुङ्गीको संख्या समेत बढेर जाने बताए । 


लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहाल ले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता खुलेर प्रसंसा गरे । गौरी शंकर माविका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्